Breaking News
recent

Bharatpur T-twenty school level cricket tournament / भरतपुरमा विद्यालय स्तरीय टिट्वान्टी क्रिकेट प्रतियोगिता हुने l ADB Postl

Maintenance of Playground

एसईई परीक्षा दिएर विद्यार्थीहरुलाई लक्षित भरतपुरमा सुनिल श्रेष्ठ डिस्कभरी सेन्ट जेभियर्स कप अन्तरविद्यालय टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल विद्यार्थी संघ क्षेत्र नं.३ को आयोजनामा यही वैशाख ११ गतेदेखि भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा हुन लागेको हो । प्रतियोगितामा सहभागि हुन वैशाख १० गतेसम्मका लागि समय तोकिएको छ । टिम दर्ता शुल्क १२ हजार रुपैयाँ तोकिएको छ । जिल्लामा युवा क्रिकेटर उत्पादनमा सघाउन पुर्‍याउने र फुर्सदका समयमा विद्यार्थीहरुलाई खेलकुद प्रति आकर्षण गर्न प्रतियोगिताले सघाउन पुर्‍याउने कार्यक्रम निर्देशक÷संयोजक अनिल अधिकारीले जानकारी दिनुभयो । उहाँले प्रतियोगिता अवधिभर राष्ट्रिय क्रिकेट खेलाडीहरुले समेत विद्यार्थी क्रिकेटरहरुलाई प्रशिक्षण दिने बताउनुभयो ।
प्रतियोगिताको विजेताले २५ हजार रुपैयाँ बराबरको क्रिकेट खेल सामाग्री र उपविजेताले १५ हजार रुपैयाँ बराबरको क्रिकेट खेल सामाग्री पाउने आयोजक नेविसंघ क्षेत्र नं.३ का अध्यक्ष प्रशान्त अधिकारीले जानकारी दिनुभयो । उहाँले प्रतियोगितामा बेस्ट व्याट्सम्यान, बेस्ट बलर, बेष्टक विकेट किपरलाई आकर्षक पुरस्कारका साथै हरेक खेलका प्लेयर अफ दि म्याचलाई ७ हजार रुपैयाँ बराबरको विभिन्न ब्रिजकोर्श, इन्ट्रान्स तयारी कक्षा, टि सर्टलगायतको सेन्ट जेभियर्स इन्स्टिच्युट भरतपुरबाट छात्रवृत्ति प्रदान गरिने जानकारी दिनुभयो ।
यस्तै प्रतियोगिता अन्तरगत वैशाख १२ गते भने पत्रकार र आयोजकबीच मैत्रीपूण क्रिकेट खेल हुने कार्यक्रम संयोजक अधिकारीले जानकारी दिनुभयो । प्रतियोगितामा करिव २० वटा टिमको सहभागिता रहने अपेक्षा गरिएको छ ।
प्रतियोगिताको सहयोगी संस्थाको रुपमा प्याब्सन चितवन, चितवन क्रिकेट संघ, भरतपुर क्रिकेट क्लव, क्रिकेट समर्थक समाज चितवन, सनराईज अल्मुनाई एशोसियसन रहेका छन् भने मिडिया पार्टनरको रुपमा नारायणी अनलाईन डट.कम.रहेको छ । प्रतियोगिता लिगकम नकआउटको आधारमा हुने टेक्निकल को–अर्डिनेटर सन्तोष अधिकारीले जानकारी दिनुभयो ।
विद्यालयहरुमा नयाँ शैक्षिक सत्र सुरु भएसंगै पढाई लेखाई र क्रिकेटलाई संगसंगै लाने उद्देश्यले गर्न लागिएको प्रतियोगितामा विद्यालयहरुले उत्साहजनक प्रतिक्रिया जनाएको आयोजक नेविसंघ क्षेत्र नं.३ का अध्यक्ष प्रशान्त अधिकारीले जानकारी दिनुभयो ।
© ADB POST

No comments:

Add your message here

Theme images by Goldmund. Powered by Blogger.