Breaking News
recent

St.Xavier's Discovery School Premier Cricket League 2017, Match Schedule । PDF Available ।।ADB Post।

एसईई परीक्षा दिएर विद्यार्थीहरुलाई लक्षित भरतपुरमा आजदेखि सुनिल श्रेष्ठ डिस्कभरी सेन्ट जेभियर्स कप अन्तरविद्यालय टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भयो  । नेपाल विद्यार्थी संघ क्षेत्र नं.३ को आयोजनामा आज  (शुक्रबार)देखि भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा प्रतियोेगिता सुरु भयको को हो । प्रतियोगितामा कुल १८ वटा टिमले सहभागि जनाउने कार्यक्रम निर्देशक/संयोजक अनिल अधिकारीले जानकारी दिनुभयो ।
जिल्लामा युवा क्रिकेटर उत्पादनमा सघाउन पुर्‍याउने र फुर्सदका समयमा विद्यार्थीहरुलाई खेलकुद प्रति आकर्षण गर्न आयोजित प्रतियोगिताको भोली विहान ७ बजे एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिका–१० को नेपाली काँग्रेस तर्फका वडा अध्यक्षका उम्मेदवार भक्तिराम अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । कार्यक्रममा स्वर्गीय सुनिल श्रेष्ठका परिवारको समेत उपस्थिति रहने छ । भोली उद्घाटन खेलमा गुरुकुल इङलिस स्कूल र विद्या विकास इङलिस स्कूलबीच प्रतिस्पर्धा हुनेछ भने दिउँसो २ बजे हुने दोस्रो खेलमा अरोमा इङलिस स्कूल र सेन्ट्रल इङलिस स्कूलबीच प्रतिस्पर्धा हुने कार्यक्रम निर्देशक÷संयोजक अनिल अधिकारीले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले २५ हजार रुपैयाँ बराबरको क्रिकेट खेल सामाग्री र उपविजेताले १५ हजार रुपैयाँ बराबरको क्रिकेट खेल सामाग्री पाउने आयोजक नेविसंघ क्षेत्र नं.३ का अध्यक्ष प्रशान्त अधिकारीले जानकारी दिनुभयो । उहाँले प्रतियोगितामा बेस्ट व्याट्सम्यान, बेस्ट बलर, बेष्टक विकेट किपरलाई आकर्षक पुरस्कारका साथै हरेक खेलका प्लेयर अफ दि म्याचलाई ७ हजार रुपैयाँ बराबरको विभिन्न ब्रिजकोर्श, इन्ट्रान्स तयारी कक्षा, टि सर्टलगायतको सेन्ट जेभियर्स इन्स्टिच्युट भरतपुरबाट छात्रवृत्ति प्रदान गरिने जानकारी दिनुभयो ।
प्रतियोगिताको सहयोगी संस्थाको रुपमा प्याब्सन चितवन, चितवन क्रिकेट संघ, भरतपुर क्रिकेट क्लव, क्रिकेट समर्थक समाज चितवन, सनराईज अल्मुनाई एशोसियसन रहेका छन् भने मिडिया पार्टनरको रुपमा नारायणी अनलाईन डट.कम.रहेको छ । प्रतियोगिता लिगकम नकआउटको आधारमा हुने टेक्निकल को–अर्डिनेटर सन्तोष अधिकारीले जानकारी दिनुभयो ।
उक्त खेलको तालिका यस प्रकारको छ।

Note: PDF डाउनलोड नगरी हेर्ने को लगी तलाक तस्बीरमा Click गर्नुहोस। 



यस खेल तालिकाको  PDF File डाउनलोड गर्नुहोस !

 Click To Download

येस्तै थप सामग्री को लागि हाम्रो फेसबुक पेज like गर्नुहोस। 

Subscribe



Like and Share on Facebook


No comments:

Add your message here

Theme images by Goldmund. Powered by Blogger.